Section 35
कर मुक्ति विरुद्धको सामान्य नियम
विभागले यस ऐन बमोजिम कर दायित्वको यकिन गर्ने प्रयोजनको लागि देहायका कुराहरु गर्न सक्नेछ:-

(क) कर मुक्ति योजनाको भागको रुपमा गरिएको वा गर्न

खोजिएको कुनै प्रबन्ध वा प्रबन्धको कुनै भागलाई पुनः चारित्रीकरण गर्न,

(ख) कुनै सारभूत आर्थिक असर नदेखाउने कुनै प्रबन्ध वा

प्रबन्धको कुनै भागलाई बेवास्ता गर्न, वा

(ग) सारभूततत्व नदेखाउने कुनै प्रबन्ध वा प्रबन्धको भागलाई

पुनः चारित्रीकरण गर्न ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “कर मुक्ति योजना” भन्नाले कर दायित्वबाट मुक्ति पाउने वा कर दायित्वमा कमी ल्याउने मुख्य उद्देश्य भएको कुनै प्रबन्ध सम्झनु पर्छ ।